१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत बार एसोसिएनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित हुनु भएको छ ।  कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो ।

पोखरेल ३६८ मत प्राप्त गर्दे विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापाले १८१ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदबार प्रेमसिंह धामीले १५ मत प्राप्त गर्नुभयो ।

पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठनका साझा उम्मेदवार बन्नु भएको थियो ।

महेशकुमार थापा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत विभिन्न दलनिकट कानुन व्यवसायी संगठनबाट साझा उम्मेदवार बन्नु भएको थियो ।

यसैगरी उपाध्यक्षमा अम्मर बहादुर राउत ,सचिवमा रमणकुमार कर्ण ,सह सचिवमा पुन्देवी महर्जन ,कोषाध्यक्षमा रामचन्द्र पौडेल बिजयी हुनु भएको छ ।

खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी हुनुभएको छ ।