१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

अस्ट्रेलियाबाट दुबई पुगे जोकोभिच

अस्ट्रेलियाबाट दुबई पुगे जोकोभिच
अ अ+ अ-

अस्ट्रेलियाको अदालतले सरकारको देश निकाला आदेशलाई समर्थन गरेपछि टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने मौका गुमाएका छन् ।

आइतबार सङ्घीय अदालतका तीन न्यायाधीशले अध्यागमन मन्त्री एलेक्स हकको सार्वजनिक हितका आधारमा यी सर्बियाली खेलाडीको भिसा रद्द गर्ने निर्णयलाई सदर गरेका थिए।

उक्त निर्णयको केही समयपछि कोभिड–१९ विरुद्धको खोप नलगाएका जोकोभिचलाई सङ्घीय एजेन्टहरूले मेलबर्नको एयरपोर्टमा लगे । त्यहाँ उनी संयुक्त अरब इमिरेट्सका लागि इमिरेट्सको उडानमा चढे।

३४ वर्षीय जोकोभिच सोमबार बिहान दुबई पुगेका थिए । दुबई प्रस्थान गर्नुअघि जोकोभिचले अष्ट्रेलियाको अदालतको निर्णयबाट ‘अत्यन्त निराश’ भएको बताएका थिए । यद्यपि उनले अदालतको निर्णयको सम्मान गर्ने बताए ।

“म अष्ट्रेलियामा बस्न र अस्ट्रेलियन ओपनमा भाग लिन सक्दिन”, उनले एक विज्ञप्तिमा भने, “पछिल्ला साताहरु ममा केन्द्रित भएकामा मलाई असहज भएको छ र मलाई आशा छ अब मलाई मनपर्ने खेल र टूर्नामेंटमा हामी सबैले ध्यान केन्द्रित गर्न सक्छौँ ।”

जोकोभिकको कोभिड–१९ खोपको स्थितिमा सनसनीपूर्ण ११ दिनको लडाइँले अस्ट्रेलियामा कीर्तिमान २१ औँ ग्रान्ड स्लाम जित्ने उनको सपना समाप्त भएको छ। एजेन्सी