२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्नको लागि राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि बैठक भोलि बस्ने गरि बोलाइएको हो ।

कोरोना संक्रमणबाट मुक्त भएपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । 

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज छलफल भएको र स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने कुरा भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्।