२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद परिषदमा ध्रुव आचार्य नियुक्त



अ+ अ-

काठमाडौं: सरकारले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदमा रुपन्देहीका ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यही पुस १६ गते बसेको मन्त्रिपरिषद बैठकले श्री आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आचार्य नेकपा एमाले निकट मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष थिए ।

सरकारले यसअघि नै परिषदका रिक्त सदस्यहरु नियुक्त गरिसकेको छ ।