• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

‘ए’ डिभिजन लिगः एनआरटीद्वारा जावलाखेल पराजित



काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले जित निकालेको छ । 

सोमबार दिउँसो भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे । 

खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए । 

जितसँगै एनआरटी ९ खेलमा १३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

९  खेलमा ८ अंकसहित जावलाखेल दशौं स्थानमा छ । 

यस खेलसँगै लिगमा नवौं चरणका खेलहरु सम्पन्न भएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पष्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा कायम छ ।