१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

नियम उल्लङ्घन गर्दा मन्त्री नै सङ्क्रमित

नियम उल्लङ्घन गर्दा मन्त्री नै सङ्क्रमित
अ अ+ अ-

काठमाडौँ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । आदेशमा कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

तर आदेश जारी गर्ने सरकारका मन्त्रीले नै उल्लङ्घन गर्दा स्वयं कोरोना सङ्क्रमित बन्न पुगेका छन् ।  सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेले आइतबारमात्र आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्नुभएको थियो । 

सो क्रममा उहाँले सरकारले जारी गरेको आदेशको कुनै परवाह नगरी भीड जम्मा गरी पत्रकारहरुसँग सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभएको थियो । 

उहाँलाई सोही भिडबाट कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । उहाँ अहिले आइसोलेसनमा बसिसक्नुभएको छ ।

त्यस्तै मन्त्री रामकुमारी झाँक्री पनि मानिसहरुको खचाखच भएको एउटा कार्यक्रममा देखिनुभएको छ । उहाँले पनि कोरोना प्रोटोकलको ख्याल गर्नुभएको छैन । यस्तै लापरवाहीले शिक्षामन्त्री यसअघि नै कोरोनो सङ्क्रमित भइसक्नुभएको छ । 

अहिले पनि मन्त्रीहरुले विभिन्न समारोह, बैठकआदिमा सहभागिता जनाइरहनुभएको छ । उहाँहरुलाई पनि कोरोनाले छुँदैन भन्ने हुँदैन । 

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई अत्यन्त सङ्क्रामक मानिन्छ । पछिल्लो समयमा नेकपा माओवादी केन्द्रको महाधिवेशन कोरोनाको ‘हटस्पट’ नै बनेको थियो । महाधिवेशन लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पोजिटभ भएको थियो । नेताहरुकै उठबसमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सङ्क्रमित बन्नुभएको छ । 

पछिल्लो अवधिमा क्रिसमस, माघी, पृथ्वी जयन्तीजस्ता चाडपर्व र उत्सवले पनि कोरोनो सङ्क्रमितको सङ्ख्या बढेको छ ।