• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

नियम उल्लङ्घन गर्दा मन्त्री नै सङ्क्रमित



काठमाडौँ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । आदेशमा कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

तर आदेश जारी गर्ने सरकारका मन्त्रीले नै उल्लङ्घन गर्दा स्वयं कोरोना सङ्क्रमित बन्न पुगेका छन् ।  सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेले आइतबारमात्र आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्नुभएको थियो । 

सो क्रममा उहाँले सरकारले जारी गरेको आदेशको कुनै परवाह नगरी भीड जम्मा गरी पत्रकारहरुसँग सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभएको थियो । 

उहाँलाई सोही भिडबाट कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । उहाँ अहिले आइसोलेसनमा बसिसक्नुभएको छ ।

त्यस्तै मन्त्री रामकुमारी झाँक्री पनि मानिसहरुको खचाखच भएको एउटा कार्यक्रममा देखिनुभएको छ । उहाँले पनि कोरोना प्रोटोकलको ख्याल गर्नुभएको छैन । यस्तै लापरवाहीले शिक्षामन्त्री यसअघि नै कोरोनो सङ्क्रमित भइसक्नुभएको छ । 

अहिले पनि मन्त्रीहरुले विभिन्न समारोह, बैठकआदिमा सहभागिता जनाइरहनुभएको छ । उहाँहरुलाई पनि कोरोनाले छुँदैन भन्ने हुँदैन । 

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई अत्यन्त सङ्क्रामक मानिन्छ । पछिल्लो समयमा नेकपा माओवादी केन्द्रको महाधिवेशन कोरोनाको ‘हटस्पट’ नै बनेको थियो । महाधिवेशन लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पोजिटभ भएको थियो । नेताहरुकै उठबसमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सङ्क्रमित बन्नुभएको छ । 

पछिल्लो अवधिमा क्रिसमस, माघी, पृथ्वी जयन्तीजस्ता चाडपर्व र उत्सवले पनि कोरोनो सङ्क्रमितको सङ्ख्या बढेको छ ।