२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर)



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध तीर्थस्थल हो– कैलालीको राजकाँडा जालपादेवी मन्दिर । यो मन्दिर कैलालीमा मात्र नभई सुदूरपश्चिम प्रदेशमै प्रसिद्ध छ ।

मन्दिरको दर्शन र पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन पुग्ने गरेका छन् । जालपादेवी मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

धार्मिक पर्यटक पनि यो मन्दिरमा पुग्ने गरेका छन् । यहाँबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । तर मन्दिरसम्म पुग्न सहज बाटोको व्यवस्था भने छैन ।

अब भने यो ठाउँमा केबलकार निर्माण हुने भएको छ । कैलालीको चिसापानी–राजकाँडा जालपा देवी केबलकारको शिलान्यास आज हुँदै छ । केबलकार निर्माणपछि चिसापानीबाट राजकाँडा जालपादेवी मन्दिरमा पुग्न सजिलो हुने छ ।

यो मन्दिरमा भारतीय तिर्थयात्रीहरु पनि पर्याप्त आउने गरेका छन् । केबलकार निर्माणपछि त भारतको उत्तर प्रदेशबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना देखिएन्छ । योसँगै यो सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध पर्यटकीय स्थल बन्ने छ ।