१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास



अ+ अ-

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गर्नुभएको छ ।

नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाँउपालिकाको संगमस्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिलान्यास भएको हो ।

पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखीएको यो पुल रु ५,८६,२३,८१८.९७ (अक्षरुपी पाँच करोड छयासी लाख तेहीस हजार आठ सय अठार रुपैयाँ)मा २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई हुनेछ ।

रु ८,४६,४२,४७४ (अक्षरुपी आठ करोड छयालीस लाख बयालीस हजार चार सय चौरहत्तर) रुयौया लागतमा निमार्ण हुने सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।

पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताउनु भयो ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दै समृद्धि र विकासको सम्वाहक सडकलाई मन्त्रालयले विषेश प्राथमिकतामा राखि काम गर्दै आएको मन्त्रि ईन्जिनियर मास्केले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रष्ट , टिम वर्क र ट्रान्सपेरेन्सी गरि ३ सको मान्यताअनुरुप जनताको विकासको अनुभुति हुने गरि काम गरिरहेको छ । नुवाकोटमा मुख्यमन्त्री बहादुरसींह लामासँगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरुप बनेट विनियोजन भई बिभिन्न पूर्वाधारको काम भइरहेको मन्त्रि मास्केको भनाई छ ।’

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उदुघाटन गर्नुभएको थियो भने गोसाईकुण्ड गाँउपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको “ पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता “ को समापन समारोहमा पुरस्कार वितरण गर्नुभएको थियो ।