१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क



अ+ अ-

गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्व पछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्याङ्क अनुसार गाजा स्ट्रिपमा ९४ वटा एटीएम मध्ये तीन मात्र हाल सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ ।

गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू तिर्न सङ्घर्ष गरिरहेका छन् । बैकिङ प्रणालीमा अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षमतामा बाधा पु¥याइरहेको छ । एजेन्सी