४ भाद्र २०८३, बिहीबार
,
Latest
एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’



अ+ अ-

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही र प्रभावकारिताबारे छलफल भएको छ।

सिंहदरबारस्थित समितिको कार्यालयमा जारी छलफलमा अख्तियारका पदाधिकारीसमेत सहभागी छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक मर्यादा कमजोर हुँदै गएको भन्दै आयोगलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले आयोगको प्रभावकारिता कमजोर हुनुमा आयुक्तहरूको नियुक्ति प्रक्रिया, पर्याप्त कानुनी व्यवस्था नहुनु तथा कार्यकारी हस्तक्षेपजस्ता कारण जिम्मेवार रहेको धारणा राखे। अख्तियारले समेत आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको आरोप थियो।

सिंहले अख्तियारका पदाधिकारीलाई मन्त्री वा प्रधानमन्त्रीले बोलाएर निर्देशन दिन नहुने बताए। संसदीय समितिले आवश्यकताअनुसार आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाउन सक्ने भए पनि कार्यकारी तहबाट हस्तक्षेप हुन नहुने उनको भनाइ थियो।

‘अख्तियारलाई अख्तियारकै रूपमा काम गर्न दिऔँ, संवैधानिक निकायलाई संवैधानिक हैसियतअनुसार काम गर्न दिऔँ,’ सिंहले भने।

उनले विगतमा समेत राजनीतिक नेतृत्वबाट विभिन्न किसिमका हस्तक्षेप हुने गरेको दाबी गर्दै अख्तियारलाई प्रभावकारी र निष्पक्ष बनाउन राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए।