५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलले शीर्षस्थानमा उक्लिने मौका गुमायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा रियल रायो भालेकानोसँग ३–३ गोलको बराबरीमा रोकिएसँगै रियलले शीर्षस्थानमा उक्लिने मौका गुमायो । खेलको चौंथो मिनेटमा नै युनाई लोपेजको गोलबाट घरेलु टोलिले सुरुवाती अग्रता बनाएको थियो ।

३६ औं मिनेटमा अब्दुल मुनिमले गोल गर्दै रायोको अग्रता दोब्बर पारे । ३९ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई १–२ को स्थितीमा ल्याए । त्यसपछि ४५ औं मिनेटमा जुड बेलिङहमले तथा ५६ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३–२ ले अघि बढाए ।

तर, ६४ औं मिनेटमा एलसी पालाजोनले गोल गर्दै रायोलाई ३–३ को बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र अंक बाँडे ।

रियलको १७ खेलबाट ३७ अंक छ भने शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ३८ अंक छ । रायो २० अंकसहित १३ औं स्थानमा छ ।




भर्खरै