३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’
अ+ अ-

दाङ, ५ भदौः दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६ गते तीन जनाले आत्महत्या गरेको समाचार दियो ।

त्यस दिन तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरका ७५ वर्षीया सेतु वली, शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला ७१ वर्षीय तेजबहादुर रेउल र राजपुर गाउँपालिका–६ गंगदीका २१ वर्षीया सीता चौधरीको विष सेवनबाट आत्महत्या भएको परीक्षण रिपोर्टबाट खुलेको छ ।

तीनै जनाले दिउँसो विष सेवन गरेको भए पनि समयमै अस्पताल नपु¥याएका कारण बचाउन नसकिएको चिकित्सकको भनाइ छ । एकै दिन तीन जनाले विष सेवन गरी आत्महत्या गरेपछि प्रहरीले उनीहरुले के दबाब झेल्न परेको थियो र किन विष सेवन गरेका हुन् भन्नेबारे गहन अनुसन्धान गरिरहेको छ ।

त्यस्तै साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ की १३ वर्षीया चौधरी विष सेवन गरेर आत्महत्या गरिन । यसअघि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । पछिल्लो समय दाङमा यस्ता घटना बढिरहेको पाइएको छ । त्यस्तै गत आर्थिक वर्षमा मात्रै जिल्लामा २२० वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

त्यस आर्थिक वर्षमा जिल्लामा ९५७ आपराधिक घटना भएको प्रहरीले जनाएको छ । त्यसमध्ये १८२ वटा झुण्डिएर तथा ३८ वटा विष सेवन भएको थियो । त्यसमा १४५ पुरुष र ७५ जना महिलाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये अधिकांश विवाहित रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले आत्महत्याका घटना हुनमा गरिबी, चिन्ता, उच्च महत्त्वकांक्षा, प्रविधि प्रयोगको दुरुपयोग, अशिक्षालगायतका कारण रहेको अनुसन्धानबाट पाइएको बताउनुभयो ।

पछिल्लो तीन वर्षमा मात्रै ६३९ जनाको आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । आत्महत्या गरी अकालमा ज्यान गुमाउनेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । त्यस्तै आगो लगाएर, हाम्फालेर र गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनीकरणका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र नागरिक समाजबाट समेत चिन्ता र चासो व्यक्त भएको छ ।

उच्च महत्वकांक्षा र तनावबाट डिप्रेसन भई आत्महत्याका घटना बढिरहेको बालरोग विशेषज्ञ डा किशोर खत्रीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “सामूहिक प्रयासमा यस्ता घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । परिवार र समाज यसमा गम्भीर बन्नुपर्छ ।” त्यस्तै आ–आफ्ना बालबालिकालाई पर्याप्त समय दिन, समयमा उचित सल्लाह, सुझाव र मनोभावना बुझ्न उहाँको सुझाव छ ।

नेपाल पत्रकार महासङ्घका सचिव सविन प्रियाशसनले जीवनबारे नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाकालगायतका कारण यस्ता घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकासका कार्यक्रम आवश्यक रहेको सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मनोसामाजिक मनोपरामर्श दिनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख होमबहादुर पराजुलीले गरिबी, कमजोर मानसिकताका, चिन्ता, भय र उच्च महत्वकांक्षा कारण आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताउनुभयो ।रासस