२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की



अ+ अ-

काठमाडौँ।  काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरुबीच विवाद भएको छ ।

शुक्रवार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफल राख्नुभएको थियो ।

उक्त छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरु र सांसद तामाङबीच चर्काचर्की परेको हो । सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरु उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरुलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरु भएको हो ।

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले स्थानीय तहहरुमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हेर्नुस्, तपाईको कुरा धेरै आक्रमक छ, यसरी हुँदैन । कुरा गर्दाखेरी फोहोरमैला व्यवस्थापनको इतिहास पनि स्टडी गर्नुपर्छ ।’

लगत्तकै सांसद तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ ।’ भन्दै टेबल ठोक्नुभयो । स्थानीय तहका प्रमुखहरुसँगको विवाद उत्कर्षमा पुगेपछि सांसद तामाङ छलफल कक्षबाट बाहिरिनु भयो ।

सांसद तामाङ बाहिरिएपछि सांसद स्थानीय तहका प्रमुखहरुले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । आइन्दा संयोजना प्रभावकारी बनाउन समेत मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल