काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ ।
गएराति भएको खेलमा रियल रायो भालेकानोसँग ३–३ गोलको बराबरीमा रोकिएसँगै रियलले शीर्षस्थानमा उक्लिने मौका गुमायो । खेलको चौंथो मिनेटमा नै युनाई लोपेजको गोलबाट घरेलु टोलिले सुरुवाती अग्रता बनाएको थियो ।
३६ औं मिनेटमा अब्दुल मुनिमले गोल गर्दै रायोको अग्रता दोब्बर पारे । ३९ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई १–२ को स्थितीमा ल्याए । त्यसपछि ४५ औं मिनेटमा जुड बेलिङहमले तथा ५६ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३–२ ले अघि बढाए ।
तर, ६४ औं मिनेटमा एलसी पालाजोनले गोल गर्दै रायोलाई ३–३ को बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र अंक बाँडे ।
रियलको १७ खेलबाट ३७ अंक छ भने शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ३८ अंक छ । रायो २० अंकसहित १३ औं स्थानमा छ ।










