१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष क्लब भलिबलः हेल्प नेपाल र क्यालिकट उपाधिका लागि भिड्ने



अ+ अ-

काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लव र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ ।

शुक्रवार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लव एचडिसी र क्यालिकट हिरोजले इरानको य–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिवार नै उपाधि भिडन्त हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्यो । यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यो । क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो ।

क्यालिकटले इरानी युवा टोलीविरुद्ध दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो । तर चौथो सेट भने रोमाञ्चक बन्यो । यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो । दोस्रो खेलमा हेल्प नेपालले क्लव एचडिसीलाई ३–० को सोझो सेटमा नै हरायो । पहिलो दुई सेट हेल्प नेपालले २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेटमा क्लब एचडिसीले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै क्यालिकटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक जोडेको थियो । यससँगै सेमिफाइनलमा शिर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेलेका हुन् । नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्लब एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ ।

गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो । आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् । सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।