२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा आज कुन–कुन टिम भिड्दैछन् ?



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज आइतबार पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघिका तिनै खेल जितेको जनकपुर र तिन वटै खेलमा हार ब्यहोरेको लुम्बिनीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ भने जनकपुर जितको सिलसिला अघि बढाउने लक्ष्यमा छ ।

यस्तै आज दिउँसो सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल १ बजे सुरु हुनेछ । सुदूरपश्चिम लगातार तिन जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा छ भने चितवनले २ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा छ ।