१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल

कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
अ अ+ अ-

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच दुवै मन्त्रालयका सम्बन्धित काममा प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच अन्नबालीको न्यूनतम् समर्थन मूल्य निर्धारणपश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसिसीएआईबीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल–भारतबीच व्यापार तथा पारवहन अन्तरसरकारी समितिमार्फत पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।

सो अवसरमा झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डरणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने, महावाणिज्य दूतावासहरूमार्फत नेपाली चियाको प्रवर्द्धन गर्ने, चिया ‘अक्सन’मा चिया उत्पादक तथा अन्तरराष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षण गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने विषयमा छलफल भएको थियो । कृषिजन्य उत्पादनको व्यापारमा देखिएको कालोबजारी नियन्त्रण, किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार तथा अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने तथा केरा, गोलभेँडा, आलुलगायतका उपज आयातमा निरुत्साहित गर्न समन्वय गर्ने विषयमा छलफल भएको थियो । भेटमा विश्व व्यापार सङ्गठनअन्तर्गत कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता, दायित्व तथा व्यापार सहजीकरणका विषयमा प्राविधिक क्षमता अभिवृद्धि, अध्ययन, नीति सुधारलगायत विषयमा छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।