९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार देवेन्द्र केसीका ‘यस्तै भयो यो जुनीमा’ र ‘इमानको पहाड’ सार्वजनिक



अ+ अ-

काठमाडौं । साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक भएको छ । साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै कृति सार्वजनिक गरेका हुन्। गीति एल्बम 'यो जुनीमा यस्तै भयो' मा शक्ति बल्लभको एकल संगीत रहेको छ भने चर्चित गायकहरू आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले स्वर दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन्। गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेम युक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे। गीतकार, कवि शंकर कोइरालाले देवेन्द्र केसी कविता, मुक्तक र गीत तीनवटै विधामा सशक्त रहेका बताउँदै अवकाशपछिको जीवन साहित्य र संगीतमै समर्पित गर्न सुझाव दिए।

कवि, गीतकार केसीले प्रकृति र संगतका कारण साहित्यमा लागेको बताउँदै साथीभाइ र परिवेशले आफू यतातर्फ निरन्तर होमिएको सुनाए।