१२ मंसिर २०८१, बुधबार
,
Latest
आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय



अ+ अ-

एजेन्सी । गुजरातका विकेटकीपर ब्याट्सम्यान उर्भिल पटेलले त्रिपुराविरुद्ध सय्यद मुश्ताक अली ट्रफीमा बलियो इनिङ खेल्दै ऋषभ पन्तको कीर्तिमान तोडेका छन् ।

उर्भिलले २८ बलमा शतक बनाए र टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बने ।

उर्भिलअघि यो कीर्तिमान पन्तको नाममा थियो, जसले २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।

उर्भिलले आफ्नो इनिङ्समा १२ छक्का र सात चौका प्रहार गरे । लक्ष्य पछ्याउने क्रममा उर्भिलले ३५ बलमा अविजित ११३ रन बनाएर गुजरातलाई ८ विकेटले जित दिलाए । पहिले ब्याटिङ गरेको त्रिपुराले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

जवाफमा गुजरातले १०.२ ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो । उर्भिल र आर्यन देसाईले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरे ।

योसँगै उर्भिल टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । उनीभन्दा अगाडि इस्टोनियाका साहिल चौहान मात्र छन् जसले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।

अचम्मको कुरा के छ भने, हालै सम्पन्न आईपीएलको मेगा लिलामीमा उर्भिल बिक्रि भएका थिएनन् र कुनै टोलीले उनलाई किनेको थिएन । दुई दिनपछि मात्रै उर्भिलले आफ्नो शक्ति देखाए ।