३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय



अ+ अ-

एजेन्सी । गुजरातका विकेटकीपर ब्याट्सम्यान उर्भिल पटेलले त्रिपुराविरुद्ध सय्यद मुश्ताक अली ट्रफीमा बलियो इनिङ खेल्दै ऋषभ पन्तको कीर्तिमान तोडेका छन् ।

उर्भिलले २८ बलमा शतक बनाए र टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बने ।

उर्भिलअघि यो कीर्तिमान पन्तको नाममा थियो, जसले २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।

उर्भिलले आफ्नो इनिङ्समा १२ छक्का र सात चौका प्रहार गरे । लक्ष्य पछ्याउने क्रममा उर्भिलले ३५ बलमा अविजित ११३ रन बनाएर गुजरातलाई ८ विकेटले जित दिलाए । पहिले ब्याटिङ गरेको त्रिपुराले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

जवाफमा गुजरातले १०.२ ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो । उर्भिल र आर्यन देसाईले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरे ।

योसँगै उर्भिल टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । उनीभन्दा अगाडि इस्टोनियाका साहिल चौहान मात्र छन् जसले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।

अचम्मको कुरा के छ भने, हालै सम्पन्न आईपीएलको मेगा लिलामीमा उर्भिल बिक्रि भएका थिएनन् र कुनै टोलीले उनलाई किनेको थिएन । दुई दिनपछि मात्रै उर्भिलले आफ्नो शक्ति देखाए ।