२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय



अ+ अ-

एजेन्सी । गुजरातका विकेटकीपर ब्याट्सम्यान उर्भिल पटेलले त्रिपुराविरुद्ध सय्यद मुश्ताक अली ट्रफीमा बलियो इनिङ खेल्दै ऋषभ पन्तको कीर्तिमान तोडेका छन् ।

उर्भिलले २८ बलमा शतक बनाए र टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बने ।

उर्भिलअघि यो कीर्तिमान पन्तको नाममा थियो, जसले २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।

उर्भिलले आफ्नो इनिङ्समा १२ छक्का र सात चौका प्रहार गरे । लक्ष्य पछ्याउने क्रममा उर्भिलले ३५ बलमा अविजित ११३ रन बनाएर गुजरातलाई ८ विकेटले जित दिलाए । पहिले ब्याटिङ गरेको त्रिपुराले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

जवाफमा गुजरातले १०.२ ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो । उर्भिल र आर्यन देसाईले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरे ।

योसँगै उर्भिल टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । उनीभन्दा अगाडि इस्टोनियाका साहिल चौहान मात्र छन् जसले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।

अचम्मको कुरा के छ भने, हालै सम्पन्न आईपीएलको मेगा लिलामीमा उर्भिल बिक्रि भएका थिएनन् र कुनै टोलीले उनलाई किनेको थिएन । दुई दिनपछि मात्रै उर्भिलले आफ्नो शक्ति देखाए ।