२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल मेगा अक्सनमा १८२ खेलाडी बिके, ऋषभ पन्त इतिहासकै महँगा खेलाडी



अ+ अ-

काठमाडौँ । साउदी अरेबियाको जेद्दाहमा दुई दिन लामो आईपीएलको मेगा अक्सन सम्पन्न भएको छ ।

लिलामीमा १८२ खेलाडी बिक्रि भए जसमध्ये ६२ विदेशी खेलाडी थिए । राइट टु म्याच ८ पटक प्रयोग भयो । १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।

ऋषभ पन्त इतिहासकै सबैभन्दा महँगा खेलाडी बने । उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किन्यो ।

योसँगै १३ वर्षको उमेरमा अष्ट्रेलियाविरुद्ध यू–१९ मा शतक प्रहार गर्ने बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशी आईपीएलका सबैभन्दा कान्छो खेलाडी बने । वैभवलाई राजस्थान रोयल्स (आरआर)ले किन्यो ।

१. पन्त सबैभन्दा महँगो खेलाडी
ऋषभ पन्तलाई लखनउले २७ करोडमा र श्रेयस अय्यरलाई पञ्जाबले २६.७५ करोडमा किन्यो । इङ्ल्यान्डका जोस बटलर सबैभन्दा महँगो विदेशी खेलाडी बने । उनलाई गुजरात टाइटन्सले १५.७५ करोडमा किन्यो ।

२. वेंकटेश सबैभन्दा महँगो अलराउन्डर
वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्सले २३.७५ करोडमा किन्यो । अष्ट्रेलियाका मार्कस स्टोइनिस सबैभन्दा महँगो विदेशी अलराउन्डर हुन्, उनलाई पञ्जाब किंग्सले ११ करोडमा किन्यो ।

३. अर्शदीप सबैभन्दा महँगा तेज बलर
अर्शदीप सिंहलाई पञ्जाब किंग्सले १८ करोडमा किनेको थियो । जोस हेजलवुड, जोफ्रा आर्चर र ट्रेन्ट बोल्ट सबैभन्दा महँगा विदेशी पेसर रहे । तीनैलाई विभिन्न टोलीले १२.५० करोडमा किनेका छन् ।

४. युजभेन्द्र सबैभन्दा महँगा स्पिनर
युजवेन्द्र चहललाई पञ्जाब किंग्सले सबैभन्दा बढी १८ करोड भारु तिरेर किनेको थियो । रविचन्द्रन आश्विन पनि ९.७५ करोडमा बिक्रि भएका थिए । अफगानिस्तानका नूर अहमद सबैभन्दा महँगो विदेशी स्पिनर थिए, उनलाई चेन्नईले १० करोडमा किन्यो ।

५. रसिक दार सबैभन्दा महँगो अनक्याप्ड खेलाडी
जम्मु कश्मीरका फास्ट बलर रसिक दारले आधार मूल्यभन्दा २० गुणा बढी पाए । आरसीबीले दायाँ हाते तेज बलरलाई ६ करोडमा किन्यो । उनी ३० लाखको आधार मूल्यका साथ लिलामीमा प्रवेश गरेका थिए ।

७. १३ वर्षीय वैभव सबैभन्दा कान्छो खेलाडी
१३ वर्षीय वैभव सूर्यवंशीलाई राजस्थानले १ करोड १० लाखमा किन्यो । उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो । योसँगै उनी आईपीएल इतिहासमा सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

बिहारका खेलाडीले यो सिजनबाट आईपीएलमा डेब्यु गर्नेछन् । वैभवले अन्डर–१९ मा अस्ट्रेलियाविरुद्ध शतक बनाएका थिए । वैभवले १२ वर्षको उमेरमा प्रथम श्रेणीमा डेब्यु गरेका थिए ।