७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो



अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई २९५ रनले पराजित गरेको छ । टोलीले ५ खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल ६ डिसेम्बरबाट एडिलेडमा हुनेछ ।

पर्थको ओप्टस स्टेडियममा सोमबार भएको खेलको चौथो दिन ५३४ रनको लक्ष्य पछ्याएको कंगारु टोली दोस्रो इनिङ्समा २३८ रनमा अलआउट भयो ।

यसअघि भारतले ६ विकेटमा ४८७ रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्समा १५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स १०४ रनमा समेटिएको थियो ।

पर्थको ओप्टस स्टेडियममा अस्ट्रेलियाको यो पहिलो हार हो । टोलीले यसअघि ४ खेल खेलेको थियो र सबै जितेको थियो । अष्ट्रेलियामा भारतको यो अहिलेसम्मकै ठूलो टेस्ट जित हो । यसअघिको सबैभन्दा ठूलो जित २२२ रनको थियो, जब टोलीले सन् १९७७ मा मेलबर्नमा खेलेको थियो ।

अस्ट्रेलियाको दोस्रो इनिङ्समा बुमराह र मोहम्मद सिराजले ३–३ विकेट लिए । ट्राभिस हेड (८९)ले अर्धशतक बनाए । बुमराह खेलको प्लेयर अफ द म्याच चुनिए । उनले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए ।

पर्थमा भएको खेलमा जित हात पार्दै भारत विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ सिजनको अंक तालिकामा फेरि शीर्ष स्थानमा पुगेको छ । टोलीसँग अब ६१.११% अंक छ । योसँगै अस्ट्रेलियाको टोली ५७.६९% अंकसहित दोस्रो स्थानमा झरेको छ ।