१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दाहमा आईपीएलको मेगा अक्सनको पहिलो दिन आइतबार कप्तानले वर्चस्व राखेका छन् । टोलीले ४ कप्तान किन्न ८३.५० करोड खर्च गरेको छ ।

सबै १० फ्रेन्चाइजीहरूले ७२ खेलाडीहरूमा ४६७.९५ करोड रुपैयाँ खर्च गरे । टोलीले अब १३२ खेलाडीहरू १७३.५५ करोडमा किन्नुपर्नेछ ।

बलरहरूले लिलामी रकमको ४४ प्रतिशत लिए । स्पिनरमा युजवेन्द्र चहलको नाम शीर्षमा रह्यो तर ११ स्पिन बलरमध्ये ७ जना करोडपति बने । अर्कोतर्फ, टोलीले फास्ट बलरमा धेरै पैसा खर्च गरे, सबै २० पेसर करोडपति बने ।

पहिलो दिन ८४ खेलाडीको बोलपत्रमा ७२ बिकेका थिए भने १२ बिक्रि भएनन् । ७२ खेलाडीमध्ये ४२ क्याप अर्थात् अन्तर्राष्ट्रिय खेलाडी थिए भने ३० अनक्याप्ड खेलाडी थिए । क्याप्ड खेलाडीहरूमा ४१४.९ करोड रुपैयाँ खर्च भयो, जसको मतलब औसत खेलाडीले ९.८७ करोड रुपैयाँ कमाए । अर्कोतर्फ अनक्याप्ड खेलाडीको औसत मूल्य १.७६ करोड मात्रै रह्यो ।

ऋषभ पन्त शीर्ष क्याप खेलाडी थिए, उनलाई लखनउले २७ करोडमा किन्यो । रसिख सलाम शीर्ष अनक्याप्ड खेलाडी रहे । उनलाई बेंगलुरुले ६ करोडमा किन्यो । १३ अनक्याप खेलाडीको मूल्य १ करोड छुन सकेन ।

टोलीले ऋषभ पन्त, श्रेयस अय्यर, केएल राहुल र जोस बटलरमा ८३.५० करोड खर्च गरे । पन्त सबैभन्दा महँगा खेलाडी, श्रेयस सबैभन्दा महँगा ब्याट्सम्यान र बटलर सबैभन्दा महँगा विदेशी खेलाडी साबित भए ।

दिल्लीले केएल राहुललाई १४ करोडमा किन्यो, यो लिलामीको दृष्टिकोणबाट निकै स्मार्ट सम्झौता मानिन्छ । पन्तले दिल्ली, श्रेयसले कोलकाता र राहुलले लखनउको कप्तानी गरेका छन् भने बटलर इङ्ल्यान्डको सेतो बलको कप्तान छन् । आईपीएलको मेगा अक्सन आज पनि चल्नेछ ।