२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दाको छातीमा दुखाई, अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । केही दिनयता खुट्टामा गोली लागेको कारण चर्चामा रहेका बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ ।

हालै गोविन्दा शिव सेना शिन्दे गुटका उम्मेदवारको प्रचारप्रसारका लागि रोड शोमा सहभागी भएका थिए, तर त्यही क्रममा उनको छातीमा दुखाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

हालैको टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार गोविन्दा शिव सेना (शिन्दे गुट)का उम्मेदवारहरूको समर्थनमा पचोरामा रोड शोमा सहभागी थिए । र्‍याली जलगाउँ पुगेको थियो जब उनको छातीमा गहिरो दुखाइ भयो । स्वास्थ्य बिग्रिएपछि गोविन्दा र्‍याली बिचमै छाडेर अस्पताल पुगेका थिए ।

हाल उनको स्वास्थ्यको बारेमा कुनै जानकारी आएको छैन । केही रिपोर्टले गोविन्दा राति अबेर घर पुगेको दाबी गरेको छ । गोविन्दा आफैं कांग्रेसका पूर्व लोकसभा सांसद भइसकेका छन् ।

अक्टुबर १ मा बिहान गोविन्दाको खुट्टामा गोली लागेको थियो । गोविन्दा घरमा एक्लै थिए र एक कार्यक्रमको लागि कोलकाता जानुपरेको थियो । यसैबीच घरमा राखेको रिभल्भर सफा गर्ने क्रममा दुर्घटना भएको हो ।

गोविन्दाले बन्दुक सफा गरेर अलमारीमा राखेपछि बन्दुक खस्यो र मिस फायरिङका कारण गोली उनको खुट्टामा लाग्यो । उनलाई मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।