३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।

बैठकले खोज, उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्न सबैमा अपिल गर्ने निर्णयसमेत गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ स्थित शान्ति सामुदायिक वनको चार दशमलव ८१ हेक्टर जग्गामा बसपार्क निर्माण गर्ने प्रस्ताव गरेकाले त्यसका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि सारेका दुई वैकल्पिक सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण गर्ने निर्णयसमेत गरिएको छ । जसअनुसार कञ्चनपुरको कृष्णपुर, डडेल्धुरा, बैतडी र बझाङ जोड्ने दैजी–लिप्ना–जोगबुढा–ढुङ्गादेउरा सडक तथा कञ्चनपुर, डडेल्धुरा र डोटी जोड्ने बैलौरी भन्सार–कलुवापुर–नाइल–बुडर सडक रहेका छन् ।

यस्तै, सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तर्गतका सबै निकायमा स्तनपान कक्ष स्थापना तथा सञ्चालनमा ल्याउने निर्णयसमेत गरिएको छ । साथै, ती सबै निकायमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने र स्यानिटरी प्याडको सहज तथा नियमित व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा धर्मराज जोशीलाई पदस्थापन गर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रावललाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । रासस