१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारले पठायो १० टन राहत सामग्री



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताउनुभएको छ ।

“हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उहाँले भन्नुभएको छ, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”रासस