१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे डिल्लीबजार कारागार चलान



अ+ अ-

काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका दीपक मनाङे उर्फ राजीव गुरूङ कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान स्वयम्भू, सानोभर्‍याङबाट उनलाई पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ)को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए ।