२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे डिल्लीबजार कारागार चलान



अ+ अ-

काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका दीपक मनाङे उर्फ राजीव गुरूङ कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान स्वयम्भू, सानोभर्‍याङबाट उनलाई पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ)को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए ।