२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याच फिक्सिङका घटना हुन दिँदैनौँ–पारस खड्का



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताउनुभएको छ ।

सोमवार एनपिएलको बारेमा पत्रकारसँग बोल्दै क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताउनुभएको हो ।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताउनु भयो ।

उहाँले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।