२९ कार्तिक २०८१, बिहीबार
,
Latest
बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छः भौतिकमन्त्री दाहाल सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएनः मन्त्री गुरुङ निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री मुस्ताङको स्याउ: बढ्दो माग, पुरयाउन धौधौ आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याच फिक्सिङका घटना हुन दिँदैनौँ–पारस खड्का



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताउनुभएको छ ।

सोमवार एनपिएलको बारेमा पत्रकारसँग बोल्दै क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताउनुभएको हो ।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताउनु भयो ।

उहाँले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।