२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन



अ+ अ-

झापा। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।

यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ ।

यद्यपि, राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आव २०८२/८३ का लागि कार्यालयलाई रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो ।

मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक हो । यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् ।

त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ । रासस