२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशमा दक्ष जनशक्तिको अभाव’



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दा देशमा दक्ष जनशक्तिको अभाव भएको बताउनुभएको छ ।

पीयुएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि)को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासमा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्र्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “म विशेष गरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्ने वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्कमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।”

सन् २००१ देखि नेपालमा सेवा सुरु गरेको पीयुएमले एक हजार बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पु¥याएको उल्लेख गर्दै उहाँले फूलखेती, डेरी उद्योग, पर्यटन व्यवसाय, हस्तकला, कपडा उद्योग, तरकारीखेतीलगायतमा गरेको योगदानको सराहना गर्नुभयो ।

उहाँले उद्योग मन्त्रालयले रोजगारी सिर्जना तथा अन्य आर्थिक गतिविधि बढावा दिन वृद्धिसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पीयुएम नेदरल्याण्डस् सन् १९७८ मा नेदरल्यान्डसमा स्थापित भई नेपालमा २३ वर्षदेखि विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो ।

वृद्धि पीयुएमसितको सहकार्यमा त्यसै संस्थाका कामको निरन्तरतासहित नेपालमा रोजगारी तथा आर्थिक उत्थानका क्षेत्रमा काम गर्न स्थापित संस्था रहेको जनाइएको छ ।