२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले आज स्थानीय तहमा उम्मेदवार बन्न चाहनेको नाम आह्वान गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्ने भएको छ । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

हिजो साँझ बसेको रास्वपा केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय भएको भएको थियो ।

रास्वपा स्थानीय तह निर्वाचनमा पहिलोपटक भाग लिन लागेको हो । २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन भएकै थिएन ।

मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ ।