५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टिङसँग म्यान्चेस्टर सिटीको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि स्पोर्टिङलाई जित दिलाउन भिक्टर जियोकेरेसले ह्याट्रिक गरे भने म्याक्सिमिलाो अराओले एक गोल थपे । सिटीका फिल फोडेनले एक गोल गरे । खेलको चौंथो मिनेटमा नै फोडेनको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो ।

तर, ३८ औं मिनेटमा भिक्टरले गोल गर्दै स्पोर्टिङलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि ४६ औं मिनेटमा अराओले गोल गरे भने ४९ औं र ८० औं मिनेटमा भिक्टरले गोल गर्दै स्पोर्टिङलाई ४-१ को जित दिलाए । दुबै गोल उनले पेनाल्टीमार्फत गरेका थिए ।

४ खेलमा १० अंक जोड्दै स्पोर्टिङ तालिकाको दोस्रो स्थानमा छ । ७ अंकका साथ सिटी छैटौं स्थानमा छ ।