१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालामा दर्शकले जिताएको खेल



अ+ अ-

काठमाडौँ । घरेलु टोलि नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा स्थान बनायो । आइतबारको चिसो साँझ दशरथ रंगशालामा भने खचाखच भरिएको दर्शकले गर्दा गर्माएको थियो । १५ हजार क्षमता भएको दशरथ रंगशालामा १८ हजार बढी दर्शक उपस्थित थिए ।

सन् २०२२ को इतिहास दोहोर्‍याउँदै नेपाल उपाधि नजिक पुगेको छ । नेपालले यसअघि सन् २०२२ मा घरेलु मैदानमै भएको साफमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो जसमा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले भारतविरुद्ध निकालेको यो पहिलो जित थियो । त्यसअघि नेपाल पाँचमध्ये चार संस्करणको फाइनलमा र एक संस्करणको सेमिफाइनलमा भारतसँग नै स्तब्ध भएको थियो ।

आइतबार तीन घण्टा ३० मिनेटसम्म रंगशालाभित्र यस्ता थुप्रै घटनाहरु घटे जसको साक्षी बनेका दर्शकले सायदै त्यो क्षण भुल्नेछन् । रेफ्रीको निर्णयबाट आक्रोशित बनेका दर्शक जब नेपालकी प्रमुख खेलाडी साबित्रा भण्डारीले फर्काएको बराबरी गोलमा यसरी खुसी मनाए कि दशरथ रंगशाला नै थर्किन पुग्यो ।

रेफ्रीको ‘गलत निर्णय’, रेखा पौडेलको रातो कार्ड, दर्शकको ‘रेफ्री आउट’ नाराबाजी र नेपालले गरेको गोलले मान्यता नपाएपछि दोस्रो हाफको खेल निकै तनावग्रस्त बन्न पुगेको थियो । जसका कारण खेल १ घण्टा ६ मिनेटसम्म रोकिन पुग्यो ।

खेलको ‘प्लेयर अफ द म्याच’ साबित्राले पनि नेपालको जितमा दर्शकको साथ नै प्रमुख कारण बताएकी थिइन् । खेल सकिएपछि सञ्चारकर्मीसँग उनले भारत बलियो टोली रहेको स्वीकार्दै उनीहरु खचाखच भरिएको नेपाली दर्शकको अगाडि आफ्नो फुटबल खेल्न नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

नेपालले अब फाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । नेपालले घरेलु मैदानमा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको छ । सन् २०२२ मा नेपाल पहिलो पटक बंगलादेशसँग पराजित हुँदा उपाधि जित्ने राम्रो अवसर गुमाएको थियो । यसअघि नेपाल बंगलादेशविरुद्ध कुनै खेलमा हारेको थिएन । तर, बुधबार हुने फाइनल खेलमा नेपालले घरेलु दर्शकको साथ–समर्थनमा यसअघिको गल्ती नदोहोर्याइ उपाधि उचाल्ने लक्ष्य लिएको छ ।

खेलको नतिजाः

नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनायो । निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो ।

१० खेलाडीमा सीमित नेपालमाथि दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म रोकिएको थियो ।

खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नेपालले चार तथा भारतले दुई गोल गर्यो । नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जना गोल गर्न सफल भए ।