३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालामा दर्शकले जिताएको खेल



अ+ अ-

काठमाडौँ । घरेलु टोलि नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा स्थान बनायो । आइतबारको चिसो साँझ दशरथ रंगशालामा भने खचाखच भरिएको दर्शकले गर्दा गर्माएको थियो । १५ हजार क्षमता भएको दशरथ रंगशालामा १८ हजार बढी दर्शक उपस्थित थिए ।

सन् २०२२ को इतिहास दोहोर्‍याउँदै नेपाल उपाधि नजिक पुगेको छ । नेपालले यसअघि सन् २०२२ मा घरेलु मैदानमै भएको साफमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको थियो जसमा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले भारतविरुद्ध निकालेको यो पहिलो जित थियो । त्यसअघि नेपाल पाँचमध्ये चार संस्करणको फाइनलमा र एक संस्करणको सेमिफाइनलमा भारतसँग नै स्तब्ध भएको थियो ।

आइतबार तीन घण्टा ३० मिनेटसम्म रंगशालाभित्र यस्ता थुप्रै घटनाहरु घटे जसको साक्षी बनेका दर्शकले सायदै त्यो क्षण भुल्नेछन् । रेफ्रीको निर्णयबाट आक्रोशित बनेका दर्शक जब नेपालकी प्रमुख खेलाडी साबित्रा भण्डारीले फर्काएको बराबरी गोलमा यसरी खुसी मनाए कि दशरथ रंगशाला नै थर्किन पुग्यो ।

रेफ्रीको ‘गलत निर्णय’, रेखा पौडेलको रातो कार्ड, दर्शकको ‘रेफ्री आउट’ नाराबाजी र नेपालले गरेको गोलले मान्यता नपाएपछि दोस्रो हाफको खेल निकै तनावग्रस्त बन्न पुगेको थियो । जसका कारण खेल १ घण्टा ६ मिनेटसम्म रोकिन पुग्यो ।

खेलको ‘प्लेयर अफ द म्याच’ साबित्राले पनि नेपालको जितमा दर्शकको साथ नै प्रमुख कारण बताएकी थिइन् । खेल सकिएपछि सञ्चारकर्मीसँग उनले भारत बलियो टोली रहेको स्वीकार्दै उनीहरु खचाखच भरिएको नेपाली दर्शकको अगाडि आफ्नो फुटबल खेल्न नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

नेपालले अब फाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । नेपालले घरेलु मैदानमा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको छ । सन् २०२२ मा नेपाल पहिलो पटक बंगलादेशसँग पराजित हुँदा उपाधि जित्ने राम्रो अवसर गुमाएको थियो । यसअघि नेपाल बंगलादेशविरुद्ध कुनै खेलमा हारेको थिएन । तर, बुधबार हुने फाइनल खेलमा नेपालले घरेलु दर्शकको साथ–समर्थनमा यसअघिको गल्ती नदोहोर्याइ उपाधि उचाल्ने लक्ष्य लिएको छ ।

खेलको नतिजाः

नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनायो । निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो ।

१० खेलाडीमा सीमित नेपालमाथि दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म रोकिएको थियो ।

खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नेपालले चार तथा भारतले दुई गोल गर्यो । नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जना गोल गर्न सफल भए ।