१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरिज क्लिन स्विप गर्न नेपाललाई १५७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । अमेरिकाविरुद्धको ३ खेलको टि-ट्वान्टी सिरिज क्लिन स्विप गर्न नेपालले १ सय ५७ रनको लक्ष्य पाएको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रनको योगफल बनायो ।

अमेरिकाका लागि साईतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको मद्दतले ६८ रन बनाए ।

यस्तै, मिलान्ड कुमारले कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन कप्तान मोनांक पटेल २ रन तथा हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ ।