१९ पुष २०८१, शुक्रबार
,
Latest
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध बुर्तिबाङ अस्पताल: झुपडीदेखि ५० शय्याको अस्पतालसम्म विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको खमेनीको घोषणा



अ+ अ-

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नु भएको छ ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताउनु भएको छ । उहाँले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाउनु भएको हो ।

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भन्नु भयो “ सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन,जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे। ” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताउनु भएको छ ।

उहाँल सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताउनु भएको छ ।

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उहाँले उल्लेख गर्नु भएको छ ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ ।

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्देपी इजरायलले भने हाल सम्म घटनाको जिम्मेवारी लिएको छैन ।