२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टिमको मेन्टरमा पुबुदु नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाली टिमको मेन्टरमा नियुक्त भएका छन् ।

पुबुदुलाई अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको सिरिजका लागि नेपाली टिमको मेन्टरमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय सिरिजका लागि उनलाई मेन्टरमा नियुक्त गरिएको हो । अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ ।