२ कार्तिक २०८१, शुक्रबार
,
Latest
पक्राउ परे रवि लामिछाने सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’ रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशाला धर्मशाला विवाद: पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ । साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई बताउनुभयो ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।