२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार सुनको मूल्य ह्वातै बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ह्वात बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधबार रू. १०० ले बढेको सुनको भाउ बिहीबार रू. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला रू. १ हजारले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रू. १ हजार २८५ मा कारोबार भएको चाँदी बिहीबार रू. ३० ले बढेर रू. १ हजार ३१५ मा किनबेच भइरहेको छ ।