२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौंः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनु भयो ।

उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताउनु भयो ।

उहाँले श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताउनु भयो । उहाँलेसामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताउनु भयो ।

उहाँले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितको लागि कोशेढुङ्गा बन्न पुगेको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षाको पहुँचलाई बिस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको छ । श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ ।

नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षा छ । प्रभावकारी सामाजिक सुरक्षालाई मात्रै श्रमिकको सम्मानपूर्ण जीवन सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको थियो । यो श्रमिकको हितको लागि कोशेढुङ्गा बन्न पुगेको छ ।

सामाजिक सुरक्षाको पहुँचलाई विस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसको प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भुमिका खेल्न आवश्यक छ । श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता हो ।

हामीले समय सापेक्ष न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानकुल परिमार्जन गरी कार्यान्वयन गर्दै आएका छौैं । सरकार मुलुकमा औद्योगिक वातावरण तयार गरी वैदेशिक एवम् निजी लगानी आकर्षित गरी स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने दिशामा क्रियाशिल रहेको छ । असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भुमिका रहन्छ ।’

उहाँले श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको बताउनु भयो । उहाँले सरकारले समय सापेक्ष न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयाअनकुल परिर्माजन गरी कार्यान्वयन गर्दै आएको पनि उल्लेख गर्नुभयो ।