३ भाद्र २०८३, बुधबार
,
Latest
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित (फोटोफिचर)



अ+ अ-

काठमाडौं । बिहीवार मन्त्री परिषदले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् । लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् । करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् । शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगरले मन्त्रीपरिषद निर्णयले आफूहरु खुसी भएको बताउनुभयो ।

उहाँले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताउनुभयो । सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए । अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखी सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने बताउनुभयो ।

यस्तै राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लक डाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताउनुभयो । यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यती सहज अवस्था भने छैन । फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै  छन् । त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने अवस्था आएको छ ।