२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो क्लबलाई पन्ध्र लाखको सहयोग



अ+ अ-

काठमाडौं । सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् । खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले जानकारी गराए । सोलुखुम्बुको स्थानिय सरकारसंगको समन्वयमा स्थापना गरिने तालिम केन्द्र विश्वकै उच्च स्थानको हुने दाबी गरिएको छ ।
एनपीओ जुडोस, तोकाइ युनिभर्सिटी, जापानको सहयोगमा सामाग्री प्राप्त भएको हो ।

त्यसका लागि अस्ट्रियाकी ओलम्पियन (जुडो खेलाडी) सब्रिना फिल्जोमोरको मध्यस्थतामा नेपाल जुडो संघ, महासचिव श्रेष्ठ र क्लबका अध्यक्ष काजी शेर्पाले पहल गरेका थिए ।
कोरोना भाइरस ९कोभिड– १९० को असर कम भएपछि तालिम केन्द्रको उद्घाटन गरिने बताइएको छ । साथै खेलाडीलाई प्रशिक्षण दिन जापान र जर्मनीबाट १ वर्षका लागि प्रशिक्षक भिकाउने तयारी पनि भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

उक्त सामाग्री काठमाडौंदेखि फाप्लुसम्म ट्रकमा र त्यहाँबाट खुम्जुङसम्म हेलिकप्टरमा पु¥याइएको थियो । करिब ४ वर्षअघि क्लबले सोलुखुम्बुको मन्जुमा पनि तालिम केन्द्र स्थापना गरिसकेको छ ।