१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक



nor
अ+ अ-

काठमाडौँ : वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको वैदिक साहित्यमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक भएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा नेपालमै वेदमा पहिलो विद्यावारिधि गर्नुहुने प्रा डा ऋषिराम पोखरेललगायत साहित्यकार र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले पुस्तक सार्वजनिक गर्नुभएको हो । परिचय पब्लिकेशन प्रालिले प्रकाशन गरेको पुस्तक ३८ सर्ग र २४८ पृष्ठ छ । पुस्तकको मूल्य रु पाँच सय ५० तोकिएको छ ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पोखरेलले वेद कसैले लेखेको नभई ऋषिमुनिले ध्यानरत अवस्थामा देखेकाले नै यसको लेखक नभएको बताउनुभयो । ऋषिमुनिले ध्यान दृष्टिले देखेको वेदिक साहित्यका विषयमा सृजनशीलता थपेर लेखकले वैदिक दर्शनप्रति पाठकलाई रुचि जगाउने विश्वास व्यक्त गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख रिसालले नगरपालिकामा पहिलेदेखि नै साहित्यसेवी भएको उल्लेख गर्दै विजय चालिसेका कृतिले पनि नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । नगरपालिकाले साहित्य सम्मेलनलगायत गतिविधिले साहित्यकारलाई प्रोत्साहन गरिरहेको उहाँको भनाइ थियो ।

पुस्तकमाथि समीक्षा गर्नुहुँदै प्रा डा ज्ञान पाण्डे र गोपीनाथ मैनालीले वैदिक साहित्यको सूक्ष्म विश्लेषणसहित लेखिएको उपन्यासले पाठकलाई नयाँ स्वाद दिने, वैदिक विषयलाई सरल रूपमा बुझाउन सहयोग गर्ने बताउनुभएको थियो । समीक्षक युवराज मैनालीले पुस्तकमा वैदिक युगको अवस्थाको विश्लेषण रहेको सुनाउनुभयो ।

लेखक चालिसेले वशिष्ठ ऋषिको वंशज भएकाले खोजी गर्दैै वैदिक साहित्यमा आधारित उपन्यासको जन्म भएको बताउनुभयो । उपन्यास लेख्न आफूले वैदिक साहित्यको सुक्ष्म रुपमा अध्ययन गरेको जानकारी गराउनुभयो ।

प्रकाशक संस्था परिचय पब्लिकेशन प्रालिका प्रमुख कार्यकारी अधिकृत भाष्कर ज्ञवालीले बाल साहित्यका १६० पुस्तक प्रकाशन गरेपछि कथा, उपन्यासलगायत पुस्तक प्रकाशन सुरु गरेको जानकारी दिनुभयो ।रासस