२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका



अ+ अ-

काठमाडौं । अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत अन्य व्यक्तिहरु संग गर्नुभएको भेटवार्ताले नेपालबिचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न नेपालसँग मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतामाथि पुन: जोड दिएको जनाएको छ ।

दूतावासका अनुसार संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा सहभागी हुन गरिएको अमेरिका भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सम्माननीय के।पी। शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ एलिस अल्ब्राइट र यु।एस। इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वालसँग भेट गर्नुभएको जनाएको छ ।

यी भेटघाटहरूले अमेरिका र नेपालबिचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न नेपालसँग मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतामाथि पुन: जोड दिएको दूतावासले जनाएको छ ।