२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन

काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन
अ अ+ अ-

काठमाडौं: नेपालस्थित बंगलादेश दूतावासले शनिबार काठमाडौंको उत्सव कुञ्ज बैंक्वेटमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ नामक आँप महोत्सव आयोजना गर्दै बंगलादेशका विभिन्न प्रजातिका ढिलो सिजनमा फल्ने उत्कृष्ट आँप तथा आँपजन्य उत्पादनको प्रदर्शनी गरेको छ।

कार्यक्रममा सार्कका महासचिव मोहम्मद गोलाम सरवार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, फल आयातकर्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका करिब २५० जना सहभागी थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बंगलादेशका राजदूत  मोहम्मद शफिकुर रहमानले आँप बंगलादेशको संस्कृति, परम्परा र कृषि प्रणालीसँग अभिन्न रूपमा जोडिएको फल भएको उल्लेख गरे। उनले बंगलादेशका उर्वर भूभाग र अनुकूल मौसमका कारण विश्वस्तरीय गुणस्तरका आँप उत्पादन हुने बताए।

उनले खिरसापात (हिमसागर), हरिभाङ्गा, लंग्रा, फज्ली, गोपालभोग, अम्रपाली, अश्विना, बनाना म्याङ्गो, क्याटिमोन, गौरामोती तथा बारी प्रजातिका आँप उत्कृष्ट स्वाद, सुगन्ध, गुणस्तर र पोषणका कारण अन्तर्राष्ट्रिय रूपमा परिचित रहेको जानकारी दिए।

राजदूतले रहमान बंगलादेशी वैज्ञानिकहरूले फरक मौषममा उत्पादन हुने नयाँ प्रजातिका आँप विकासमा महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै आँप प्रशोधन उद्योगले जुस, नेक्टर, पल्प, जाम, अचार, चट्नी, सुकुटी आँप, क्यान्डी, फ्रुट बार तथा अन्य मूल्य अभिवृद्धि भएका उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि सार्क महासचिव गोलम सरवरले दक्षिण एशियामा उच्च गुणस्तरका आँप उत्पादन हुने सम्भावना भए पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा सदस्य राष्ट्रबीच थप सहकार्य आवश्यक रहेको बताए।

विशेष अतिथि सहसचिव गेहेन्द्र राजभण्डारीले यस्तो कार्यक्रमले दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले ‘म्याङ्गो डिप्लोमेसी’ जस्ता सिर्जनात्मक पहलले नेपाल–बंगलादेश सम्बन्धलाई अझ नजिक ल्याउने धारणा राखे।

महोत्सवमा राजशाही क्षेत्रका फज्ली, अम्रपाली, बारी–४, क्याटिमोन, गौरामोती, अश्विना लगायतका ढिलो सिजनका आँप प्रदर्शन गरिएको थियो। साथै आँपको जुस, अचार, ड्राइ म्याङ्गो, चट्नी, जाम, जेली, फ्रुट बार लगायतका प्रशोधित उत्पादन पनि प्रदर्शनीमा राखिएका थिए।

अतिथिहरूलाई म्याङ्गो केक, म्याङ्गो स्टिकी राइस, म्याङ्गो पुडिङ लगायत आँपबाट बनेका विभिन्न परिकार तथा परम्परागत बंगलादेशी भोजन पनि परोसिएको थियो। कार्यक्रममा बंगलादेशको आँप खेती, कृषि प्रविधि, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा बंगलादेशका अनुभवी आँप कृषक रोफिकुल इस्लाम ले गुड एग्रिकल्चरल प्राक्टिस (GAP) अनुरूप आँप खेती गर्ने विधि र १५ वर्षको अनुभव प्रस्तुत गर्दै आधुनिक आँप उत्पादनका उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिएका थिए।

दूतावासका अनुसार महोत्सवको उद्देश्य नेपालमा बंगलादेशी आँप तथा प्रशोधित खाद्य उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउनुका साथै दुई देशका निर्यातकर्ता र आयातकर्ताबीच व्यापारिक साझेदारी विस्तार गर्नु हो।

दूतावासले यस्ता कार्यक्रममार्फत नेपाल–बंगलादेशबीच व्यापार, लगानी, सांस्कृतिक आदान–प्रदान र दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।