२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा



अ+ अ-

बेलायत। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्की सोमबार बेलायत भ्रमणका लागि लण्डन आइपुग्नुभएको छ। उहाँले नवनिर्वाचित प्रधानमन्त्री एन्डी बर्नहमसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

यो भ्रमण जेलेन्स्कीको मंगलबार वासिङ्टन जाने योजनाअघि भएको हो। उहाँ रुससँगको चार वर्षे युद्ध समाप्त गर्न नयाँ प्रयास गर्दै हुनुहुन्छ । मस्को र किएभ दुवैले ड्रोन तथा मिसाइल आक्रमण तीव्र पार्दै गर्दा जेलेन्स्कीले रक्षा बढाउन आग्रह दोहो¥याउने अपेक्षा गरिएको छ । अमेरिकी नेतृत्वको वार्ता अड्किएको छ भने वासिङ्टनको ध्यान इरान युद्धतर्फ मोडिएको छ।

जेलेन्स्की र बर्नहम दक्षिणी सहर पोर्टस्माउथको नौसेना अड्डामा गएर युक्रेनी सेवा सदस्यहरूलाई तालिम दिइरहेका सशस्त्र बलका कर्मचारीसँग कुरा गर्ने कार्यक्रम पनि रहेको छ ।

डाउनिङ स्ट्रिटले जनाएअनुसार बर्नहमले ‘दुई राष्ट्रबीचको अटुट सम्बन्धलाई निरन्तरता दिने’ प्रतिबद्धता जनाउनेछन्। यो उहाँले केयर स्टार्मरलाई प्रतिस्थापन गरेको केही घण्टामै गत सोमबार जेलेन्स्कीसँगको फोनवार्तामा भनेको कुराको प्रतिध्वनि हो।

“बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिन्छ र हाम्रो समर्थन अटल रहन्छ,” बर्नहमले युक्रेनसँगको सहकार्यका बिषयमा जारी एक विज्ञप्तिमा भन्नुभयो ।

“हामी युक्रेनका लागि दीर्घकालीन तथा न्यायपूर्ण शान्ति हासिल नगरेसम्म पछि हट्ने छैनौँ। यो कुरा रूसले जान्नेछ ।”

बेलायत आइपुग्दा जेलेन्स्कीले दुई देशका गठबन्धनलाईे ‘इतिहासकै सबैभन्दा बलियो सम्बन्ध” भनेर प्रशंसा गर्नुभयो । लन्डनले किएभसँग ‘स्टोन क्लक” नाम दिइएको नयाँ युद्ध–परीक्षित विद्युतीय अवरोध क्षमताबारे जानकारी साझा गर्ने पनि घोषणा गरेको छ ।

“ड्रोनमा जोड्दा यी ट्याब्लेट–जस्तो देखिने सैन्य–स्तरका विद्युतीय अवरोधकहरूले रुसी वायु रक्षा प्रणालीलाई उडानमा रहेका यस्ता हतियार ट्र्याक र लक्ष्य गर्नबाट रोक्न सक्ने डाउनिङ स्ट्रिटले जनाएको छ।

दुई देशबीचको १०० वर्षे साझेदारी सम्झौताअन्तर्गत विकसित यी हजारौं विद्युतीय अवरोधकहरू पहिले नै किएभलाई उपहार दिइसकिएको लन्डनले बताएको छ ।

तिनीहरूको प्रयोग र युक्रेनमा सम्भावित ठूलो उत्पादनपछि स्टोन क्लकलाई बेलायतको अर्को पुस्ताको लामो दूरी आक्रमण क्षमताका लागि प्रयोग गरिनेछ । “स्टोन क्लक बेलायती आन्तरिक नवप्रवर्तनको उत्कृष्ट उदाहरण हो र यसले दुवै देशको सुरक्षा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,” बर्नहमले भन्नुभयो ।

–बेलायतसँग ‘ड्रोन सम्झौता’–

युक्रेन र बेलायतबीचको रक्षा सम्बन्ध अझ गहिरिँदै गएको अर्को सङ्केत गदैृ राष्ट्रपति जेलेन्स्कीले आइतबार स्काई न्युजसँग कुरा गर्दै उत्पादन र प्रविधि साझेदारी बढाउन सशक्त ‘ड्रोन सम्झौता’ गर्न चाहेको बताउनुभयो ।

उहाँले आफूहरूसँग रक्षा गर्न पर्याप्त मिसाइल नभएको स्वीकार गर्नुभयो । उहाँले रुसका अत्यन्त तीब्र गतिका ब्यालिस्टिक मिसाइलहरूलाई सङ्केत गर्दै भन्नुभयो हालैका घातक आक्रमणहरूको सामना गर्न युक्रेनको वायु रक्षा प्रणाली दबाबमा परेको बताउनुभयो ।

मस्कोले “ब्यालिस्टिक मिसाइलको उत्पादन बढाउन सक्छ र त्यसैले हामीलाई जतिसक्दो चाँडो थप हवाइ रक्षाप्रणाली आवश्यक छ,” जेलेन्स्कीले भन्नुभयो ।

बर्नहम र जेलेन्स्कीले विगत तीन हप्तादेखि बेलायतमा समुद्री सुरक्षा तथा बारूदी सुरूङविरोधी अभ्यासमा सहभागी भइरहेका करिब २०० युक्रेनी सैन्य कर्मचारीसँग भेट गर्नुहुनेछ ।

यो अभ्यास ब्ल्याक सीमा भविष्यका अभियानको तयारी स्वरूप आयोजना गरिएको थियो।

डाउनिङ स्ट्रिटले जनाएअनुसार रुसको पूर्ण–स्तरीय आक्रमण सन् २०२२ फेब्रुअरी यता बेलायतले युक्रेनलाई कुल २५ अर्ब पाउन्ड (३३ अर्ब डलर) बराबरको सहयोग गरेको छ । यसमा १६ अर्ब पाउन्ड प्रत्यक्ष सैन्य सहायता समावेश छ । (रासस/एएफपी)