२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो ।

अवैध लागुऔषध कारोबारमा संलग्न रहेका भन्ने सूचनाका आधारमा लतिलपुर, झापा, सुनसरी, कैलाली, दाङ र नवलपरासी पश्चिमबाट आइतबार र आज गरी ११ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागुऔषध पोलेन करिब पाँच ग्राम र नियन्त्रित लागुऔषध स्पास्पेन २० ट्याब्लेटसहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आरएन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले निजलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद रु पाँच हजार ६०० सहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पृथ्वीनगरले जनाएको छ । पक्राउ पर्नेमा भद्रपुर-२ का २६ वर्षीय अमन राई र सोही ठाउँका २६ वर्षीय निकेश राई रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको मे९प १६०३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

झापाको हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय विकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद रु १९ हजार ४८५ सहित धरान-७ पानमारा बस्ने १९ वर्षीय सोएल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-७ देवरियाबाट सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरी, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुँवेर पार्की पक्राउ परेका छन् ।

त्यस्तै, दाङको शान्तिनगर गाउँपालिका-७ खैरेनीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश विष्ट र घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१ बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागुऔषध डाइजेपाम ३९६ एम्पुल, फेनारगन ४४६ एम्पुल र बुप्रेनोर्फिन ४४६ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस