२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका



अ+ अ-

काठमाडौं । अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत अन्य व्यक्तिहरु संग गर्नुभएको भेटवार्ताले नेपालबिचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न नेपालसँग मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतामाथि पुन: जोड दिएको जनाएको छ ।

दूतावासका अनुसार संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा सहभागी हुन गरिएको अमेरिका भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सम्माननीय के।पी। शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ एलिस अल्ब्राइट र यु।एस। इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वालसँग भेट गर्नुभएको जनाएको छ ।

यी भेटघाटहरूले अमेरिका र नेपालबिचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालका जनताको लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न नेपालसँग मिलेर काम गर्ने हाम्रो प्रतिबद्धतामाथि पुन: जोड दिएको दूतावासले जनाएको छ ।