२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान



अ+ अ-

माल्दिभ्स। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको आह्वान गर्दै सदस्य राष्ट्रहरूलाई क्षेत्रको हितमा संवादमार्फत मतभेद समाधान गर्ने आइतबार आग्रह गर्नुभएको छ ।

उहाँले माल्दिभ्सको स्वतन्त्रताको ६१औँ वार्षिकोत्सव मनाउने स्वतन्त्रता दिवस समारोहमा बोल्दै यी कुरा बताउनुभएको हो ।

मुइज्जुले सार्क समूहभित्रको हालको गतिरोधबारे उल्लेख गर्दै मतभेद संवादमार्फत समाधान गर्नुपर्ने कुरा दोहो¥याउनुभयो ।

उहाँले क्षेत्रीय शान्ति र सहयोगको हितमा सार्क सदस्य राष्ट्रहरूलाई वार्ताको टेबलमा फर्कन आह्वान गर्नुभएको हो ।

जारी विज्ञप्तिमा उहाँले भन्नुभयो, “हाल समूहले सामना गरिरहेको गतिरोध तोड्न माल्दिभ्स मध्यस्थको रूपमा काम गर्न गर्न तयार छ।”

देश र अन्तर्राष्ट्रिय सङ्गठनका ११३ कूटनीतिज्ञ र ४३ देशहरूको अगाडि माल्दिभ्सका राष्ट्रपतिले माल्दिभ्सको विदेश नीतिबारे पनि बताउनुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई शान्तिपूर्ण संवादमार्फत विवाद समाधान गर्न आह्वान गर्नुभयो ।

यसैबीच, जुलाईको सुरुमा बङ्गलादेशले पनि दक्षिण एशियाभित्र सहयोग गहन बनाउन समर्थन जनाएको थियो र सम्भावना तथा कार्यसम्पादनबीचको खाडल पुर्नुपर्ने आग्रह गरेको थियो।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शामा ओबेदले सङ्गठनलाई पुनरुत्थान गर्न मुख्य उपायहरू सूचीबद्ध गर्दै भन्नुभयो, “सङ्गठनलाई बलियो कार्यान्वयन क्षमता, बढी वित्तीय शक्ति, प्रभावकारी विशेष संयन्त्र र व्यावहारिक संस्कृतिको आवश्यकता छ।”

ओबेदले भन्नुभयो, “बङ्गलादेश सार्कका सदस्य देशहरूसँगको कुराकानीपछि ‘वरिष्ठ अधिकारीहरूको बैठक आयोजना गर्ने र मन्त्रिपरिषद्को विशेष सत्रको सम्भावनाका लागि साझेदार देशहरूबीच नजिकको सहयोग समन्वय गर्ने’ बारे विचार गरिरहेको छ।”

सार्क आठ सदस्य राष्ट्र—अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहितको क्षेत्रीय राजनीतिक र आर्थिक सङ्गठन हो।

यो समूहले दक्षिण एशियाभर आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको भए पनि हालका वर्षहरूमा यसले गतिरोध भोगेको छ । (रासस/एएनआई)




भर्खरै